खेलकुद

अल नासरको विजयी यात्रा जारी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहदालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा एलेक्स टेल्लेज, अब्दुलेलाह अल अम्री र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । त्यस्तै अल वेहदाका लागि अन्सेल्मोले एक गोल फर्काएका थिए ।

यो अल नासरको यस सिजनमा १०औं जित हो । यो जितपछि १३ खेलमा अल नासरको ३१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको अल हिलालको १३ खेलमा ३५ अंक रहेको छ ।

त्यसैगरी अल वेहदाको भने १३ खेलमा १६ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *