काठमाडौँ । आर्सनलले स्पेनिस क्लब सेभियालाई पराजित गरेको छ ।
युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा लीनद्रो ट्रोसार्ड र् बुकायो साकाले एक एक गोल गरेका थिए ।
समुह बी मा रहेको आर्सनलको यस सिजनमा यो तेस्रो जित हो । ४ खेलमा ९ अंकसहित आर्सनल समुह बी मा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी सेभियाको भने यस सिजनमा यो दोस्रो हार हो । ४ खेलमा २ अंक रहेको सेभिया समुहमा पुछारमा रहेको छ ।




