काठमाडौँ । डेनमार्कको क्लब कोपेनहेगनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । युइएफएफ च्याम्पियन्स लिग अन्तर्गतको खेलमा कोपेनहेगनले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
कोपेनहेगनको जितमा मोहमद एलयोउनोउसी, डिओगो गोंकाल्भेज, लुकास लेरागेर र रुनी बार्डघजीले एक एक गोल गरेका थिए । त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि रासमस होजलण्डले २ गोल गरे भने ब्रुनो फेर्नानडेजले एक गोल गरेका थिए ।
त्यस खेलको ४२औं मिनेटमा मार्कस राशफोर्डले रातो कार्डपाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।
यो कोपेनहेगनको यस सिजनमा पहिलो जित हो । समुह ए मा रहेको कोपेनहेगन यो जितपछि ४ खेलमा ४ अंकसहित समुहमा दोस्रो स्थानमा उक्लिएको छ ।
त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अंक भएको म्यानचेस्टर युनाइटेड समुहको पुछारमा रहेको छ ।




