काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र श्रीलंका आमने सामने हुदैछन् । बेंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा पुग्न न्यूजील्याण्डका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ भने सेमिफाइनलको दौडबाट बाहिरीइसकेको श्रीलंकाका लागि यस खेलको नतिजाले भने केहि फरक पर्ने छैन । तर यस खेलको हारजितले श्रीलंकाको च्याम्पियन्स ट्रफीमा छनौटलाई असर गर्न सक्ने छ । २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा छनौट हुन पनि श्रीलंकालाई यो खेल जित्नुपर्ने अवस्था रहेको छ । साथै श्रीलंकाको जितले न्यूजील्याण्डको सेमिफाइनलको यात्रा रोक्न सक्छ र यसको फाइदा पाकिस्तान र अफगानिस्तानलाई हुन सक्छ ।
न्यूजील्याण्ड र श्रीलंका अहिलेसम्म १०१ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा न्यूजील्याण्डले ५१ खेल जितेको छ भने श्रीलंकाले ४१ खेल जितेको छ । त्यस्तै ८ खेलको नतिजा आएको थिएन भने एक खेल बराबरीमा सकिएको थियो ।
श्रीलंकाको सम्भावित प्लेइङ ११- कुसल मेन्डिस (कप्तान), दिमुथ करुनारत्ने, पथुम निसान्का, सदिरा समरविक्रमा, चारिथ असालान्का, दुशान हेमान्था, एन्गोलो म्याथ्युस, महीश थिकक्षना, कसुना रजिथा, दुशमन्थ चामीरा र दिलशान मधुशानका ।
न्यूजील्याण्डको सम्भावित प्लेइङ ११- केन विलियम्सन (कप्तान), टम लाथम, डेभोन कोनवे, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, टिम साउथी, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।




