देश

विपिन जोशीको उद्धारका लागि कतार सरकारमार्फत पहल गर्न महामन्त्री शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि कतार सरकारमार्फत पहल गर्न माग गरेका छन् ।

विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले जोशीको रिहाईका लागि सरकारले ठोस फल गर्न माग गरेका हुन् ।

उनले भने- ‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ र कतार सरकारमार्फत पहल गर्दा उनको उद्धार गर्न सकिने कुरा आएको छ । यसका लागि गम्भीर पहल गर्न सरकारलाई आग्रह गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *