मुख्य समाचार

गाजामा विद्युत पुर्णरुपमा बन्द

काठमाडौँ । गाजापट्टीमा विद्युत पुर्णरुपमा बन्द भएको छ । गाजाको एकमात्र पावर स्टेशनले इन्धन सकिएपछि काम गर्न बन्द गरेको पावर प्राधिकरणका प्रमुख गलाल इस्माइलले सीएनएनलाई बताएका छन् । उनले अहिले गाजा विद्युतविहिन भएको बताए ।

गाजामा बिजुलीका लागि पावर जेनरेटरहरू प्रयोग गर्न सकिने भएपनि इजरायलले सीमाका चारै तिर नाकाबन्दी गरेकाले जेनेरेटरका लागि चाहिने आवश्यक इन्धन सकिएको उनले बताए ।

साथै अहिले हाजामा आम जनतालाई खानेपानीको समेत अभाव भएको बताइएको छ ।

गत शनिबार हमासको इजरायलमाथिको आक्रमणपछि अहिले इजरायलले गाजामाथि लगातार रकेट प्रहार गरिरहेको छ । अहिलेसम्म गाजामा एक हजारभन्दा बढीको मृयु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *