खेलकुद

बराबरीमा रोकियो अल नासर

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर बराबरीमा रोकिएको छ । शुक्रबार राति सम्पन्न खेलमा अल नासरलाई अभा क्लबले २-२ गोलको बराबरीमा रोकेको हो ।

अभाले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै अल नासरको जितलाई रोकेको छ । अल नासरका लागि ओटाभिन्हो र टालीस्काले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि अल नासरको ९ खेलमा१९ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी अभाको ९ खेलमा ७ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *