काठमाडौँ । चीनमा जारी एशियन गेम्स क्रिकेटको फाइनलमा आज भारत र अफगानिस्तानबीच भिडन्त हुदै छ । यस खेलको विजेताले स्वर्ण पदक जित्ने छन् भने पराजित हुनेले रजत पदक जित्ने छन् ।
फाइनल खेल चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपाल इसम्य अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुने छन् ।
भारतले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने अफगानिस्तानले सेमिफाइनलमा पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । नेपाल भने एशियन गेम्समा क्वाटरफाइनलमा भारतसँग पराजित भएपछि बाहिरिएको थियो ।
त्यसैगरी आजै पाकिस्तान र बंगलादेशबीच काश्य पदकका लागि खेल हुने छ । यो खेल बिहान ६: ४५ बजेदेखि शुरु हुने छ ।




