खेलकुद

पाकिस्तानले नेदरल्याण्डसलाई दियो २८७ रनको लक्ष्य

काठमाडौँ । पाकिस्तानले नेदरल्याण्डसलाई २८७ रनको लक्ष्य दिएको छ । जारी विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तान ४९ ओभरमा अलआउट हुदै २८६ रन बनाएको हो ।

पाकिस्तानका लागि मोहमद रिजवान र साउद शकीलले ६८-६८ रनको पारी खेलेका थिए ।

त्यस्तै मोहमद नवाजले ३९ रन बनाए भने शडाब खानले ३२ रन बनाए । त्यस्तै हरिस राउफले १६, इमाम उल हकले १५, शाहिन शाह अफ्रिदीले १३, फखर जमानले १२ रन बनाएका थिए ।

त्यस्तै गरि नेदरल्याण्डस का बलर बास डी लीडेले सर्बाधिक ४ विकेट लिएका थिए भने कोलिन अकरम्यानले २ विकेट लिएका थिए । त्यस्तै आर्यन दत्त, लोगान भान बीक र पाउल भान मीकेरेनले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *