काठमाडौँ । अफगानिस्तान एशियन गेम्सको क्रिकेटमा फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
पाकिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको अफगानिस्तानले १७.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेपछि खेल ४ विकेटले जितेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको पाकिस्तान १८ ओभरमा अलआउट हुदै ११५ रन बनाएको थियो ।
योसंगै अब फाइनलमा स्वर्ण पदकका लागि अफगानिस्तानले भारतको सामना गर्ने छ । फाइनल खेल शनिबार हुने छ ।
त्यसैगरी अब काश्य पदकका लागि पाकिस्तान र बंगलादेश शनिबार नै खेल्ने छन् ।




