खेलकुद

क्रिकेट विश्वकपमा नेदरल्याण्डसको सामना पाकिस्तानसँग

काठमाडौँ । जारी आइसीसी विश्वकप अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ । भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ ।

नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको हो । नेदरल्याण्डस योसहित पाँचौं पटक एकदिवसीय विश्वकप खेल्दै छ । यस अघि विश्वकपको पहिलो चरणसम्म खेलेर बाहिरिएको नेदरल्याण्डस पछिल्लो पटक २०११ को विश्वकप खेलेको थियो ।

त्यसैगरी १९९२ को विश्वकप विजेता पाकिस्तान भने अहिलेसम्मका सबै योसहित १३ विश्वकपमा सहभागी भएको छ । १९९२ मा इमरान खानको कप्तानीमा विश्वकप जितेको पाकिस्तान १९९९ को विश्वकपमा उपविजेता बनेको थियो । पछिल्लो विश्वकपमा समुह चरणबाट बाहिरिएको पाकिस्तान यस विश्वकपको दाबेदार मध्येको एक देश मानिन्छ ।

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान अहिले एकदिवसीय वरियतामा विश्वमा तेस्रो स्थानमा छ भने केहि समय अघिसम्म विश्वको एक नम्बरमा थियो ।

पाकिस्तान र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएपनि नेदरल्याण्डसले अहिलेसम्म पाकिस्तानलाई पराजित गर्न सकेको छैन ।

विश्वकपमा नेदरल्याण्डस को टिम: स्कट एडवर्ड्स (कप्तान, विकेटकीपर), कोलिन एकेर्मन, शारिज अहमद, वेस्ली ब्यारेसी, बास डे लीडे, आर्यन दत्त, साइब्रान्ड एंगेलब्रेच, रायन क्लेन, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, लोगान भ्यान बेक, रोलोफ भ्यान डर मर्वे, पल भ्यान मिकरेन र साकिब जुल्फिकार ।

विश्वकपका लागि पाकिस्तानको टिम: बाबर आजम (कप्तान), शाडाब खान, अब्दुल्ला शफिक, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकीपर), मुहमद वासिम जुनियर, साउद शकील, सलमान अली आगा, शाहीन शाह अफ्रिदी र उसामा मीर ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *