विश्व

सिक्किमको टिस्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता, ४१ गाडी डुबे

काठमाडौं।सिक्किमको टिस्टा नदीमा आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् ।

दैनिक भास्करका अनुसार मंगलबार बिहान १:३० बजे चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो ।

नदी नजिकैको क्षेत्रमा रहेको सेनाको ब्यारेक बाढीले बगाएकाे छ । ब्यारेकमा रहेकामध्ये २३ सैनिक बेपत्ता भएका छन् भने सेनाकै ४१ गाडी डुबेको छ ।

सेनाका अनुसार टिस्टा नदीको पानीको बहाब एकाएक १५ देखि २० फिटले बढेको थियो । त्यसपछि खोला आसपासका क्षेत्रहरु डुबानमा परेका छन् । खोलाको पानी धेरैको घरमा पनि पुगेको छ । मानिसहरु घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

बेपत्ता सैनिकको खोजीका लागि उद्धार कार्य सुरु गरिएको छ । स्थानीय प्रशासनले पनि आफ्नो स्तरमा उद्धार कार्य गरिरहेको छ । यद्यपि मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *