खेलकुद

हङकङलाई हराउदै पाकिस्तान एशियन गेम्सको सेमिफाइनलमा

काठमाडौँ । पाकिस्तान एशियन गेम्स अन्तर्गत क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा हङकङलाई ६८ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको हङकङ १८.५ ओभरमा अल आउट हुदै ९२ रन मात्र बनाए पछि खेल पाकिस्तानले ६८ रनले जितेको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै पाकिस्तान २० ओभरमा अल आउट हुदै १६० रन बनाएको थियो ।

अब पाकिस्तानले सेमिफाइनलमा श्रीलंका र अफगानिस्तानबीचको विजेतासँग खेल्ने छ । यस अघि आजै सम्पन्न पहिलो क्वाटरफाइनलमा नेपाललाई पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको थियो । भारतले सेमिफाइनलमा बंगलादेश र मलेसियाबीचको विजेतासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *