काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले चिकित्सकहरूमाथि कुटपिट गर्नेलाई जेल पठाउनु पर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले नेपाल चिकित्सक संघ र डाक्टरहरूसँग सरकारले यसपटक गरेको सम्झौता अक्षरस कार्यान्वयन हुनुपर्ने बताउदै कुटपिट गर्नेलाई धरौटीमा छोड्न नहुने बताए ।
उनले भने- ‘सम्झौता भएको २४ घन्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको छ । डाक्टरमाथि आक्रमण हुँदा ‘जेल उइथ आउट बेल’ हुन्छ भन्ने डर हुँदैन अनि उपभोक्तालाई वैधानिक गुनासोको भर हुँदैन यस्तो घटना दोहोरिइरहन्छ ।’




