काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सरकार टिकाउन जे पनि गरिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सुशासन अभियान चलाउने भन्दै झुटो बोलेको आरोप लगाएका हुन् ।
ओली सरकारप्रति आक्रामक हुदै एक क्विन्टल सुन तस्करी गर्नेलाई छोडिएको तर अस्पताल चलाएर, जनताबाट निर्वाचित सांसद सुनिल शर्मालाई पक्राउ गरेर जेल हाल्नु सरकारको सुशासन यहि हो ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।
ओलीले सरकारको विरुद्ध बोले बापत सांसद अमरेश कुमार सिंहलाई पुर्जी जारी गरिएको र सम्पति छानबिन गर्ने पत्र दिइएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सरकारले सांसदहरुलाई थर्काउन र तर्साउने काम गरेको भन्दै ओलीले गठबन्धनले सरकार टिकाउने जे पनि गरिरहेको आरोप लगाएका छन् ।
उनले राष्ट्र हितमा एक हुन आव्हान गर्दै विकासका लागि विभाजित नहुन आग्रह समेत गरेका छन् ।




