सम-सामयिक

शिक्षा विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको छ : सांसद सुवाल

काठमाडौं।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेको शिक्षा विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा शिक्षा विधेयकमाथि विरोध सूचना पेस गर्दै उनले शिक्षकले देश र जनताको हितमा राजनीति गर्न पाउनुपर्ने भन्दै विधेयकले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको बताएका हुन् ।

उनले भने,‘शिक्षकले देश र जनताको हितमा राजनीति गर्न पाउनुपर्छ । भूमि मिचे पनि शिक्षक बोल्न नपाउने, भ्रष्टाचारको बारेमा पनि बोल्न नपाउने अभिव्यक्ति स्वतन्त्रता हनन गरिएको छ यो विधेयकमा । त्यसकारण यसलाई संशोधन गरेर मात्र पेस गर्नुपर्छ ।’

उनले विद्यालय शिक्षा विधेयकमा निःशुल्क र अनिवार्य शिक्षा दिने, तालिम प्राप्त विषयगत शिक्षक देशभर प्राप्त गराउने र उत्पादन श्रमसँग जोडिएको शिक्षा प्रदान गर्ने विषयलाई नसमेटिएको भन्दै संशोधन गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *