सम-सामयिक

संसदलाई जानकारी गराएरै विदेश भ्रमण गएको हुँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विदेश भ्रमण जाँदा संसदलाई जानकारी गराएरै गएको स्पष्ट पारेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले आफू चीन भ्रमण जाँदा जानकारी गराएरै गएको बताए ।

उनले भने,‘म हरेकपटक विदेश भ्रमण जाँदा सधैं सम्मनित सदनलाई जानकारी दिएर नै गएको हो । चीन भ्रमण जाँदा पनि मैले जनकारी दिएकै थिएँ । केही माननीय सदस्यलाई थाहा रहेनछ कि भन्ने लागेको हुनाले मैले भन्नै परेको हो ।’

प्रधानमन्त्री विदेश भ्रमण रहँदा सामाजिक सञ्जालमा विभिन्न टिक्काटिप्पणी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *