राजनीति

संसदमा रविको प्रश्न- आयल निगम कर्मचारीलाई बोनस बाँड्छ तर सधैं घाटामा छु भन्छ, के हो ?

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आयल निगमको घाटाबारे यथार्थ निर्क्योल गर्न माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।

‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर,सधैं घाटामा छु भन्छ । घाटा के हो ?’ उनले भने, ‘निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुई/तीन दिन किन लगाउँछ ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *