खेलकुद

यू-१९ साफको फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । आज यू-१९ साफ च्याम्पियनसिपको फाइनल खेल हुदैछ । फाइनलमा भारत र पाकिस्तानबीच खेल हुदै छ ।

फाइनल खेल दशरथ रंगशालामा आज नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुदैछ ।

पाकिस्तान समुह चरणमा पहिलो हुदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगेको हो । पाकिस्तान यू-१९ साफ च्याम्पियन्सिपमा पहिलो पटक भाग लिएर फाइनलमा पुगेको छ । यसअघि सम्पन्न चार यू-१९ साफ च्याम्पियन्सिपमा पाकिस्तानले भाग लिएको थिएन ।

त्यसैगरी भारत समुह बी मा पहिलो हुदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भारतले पेनाल्टी सुट आउटमा नेपाललाई ३-२ ले पराजित गर्दै फाइनलमा पुगेको हो । भारतले यस अघि २०१९ र २०२२ मा लगातार यू-१९ साफ च्याम्पियन्सिपको उपाधि जितेको थियो । त्यसअघिका दुई संस्करणको उपाधि भने नेपालले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *