खेलकुद

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो

काठमाडौँ । विश्वकप क्रिकेट अघि भएको अभ्यास खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले दिएको ३४६ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४३.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

न्यूजील्याण्डको जितमा राचीन रविन्द्रले सर्बाधिक ९७ रन बनाए भने मार्क चापम्यानले अविजित ६५, डार्यल मिचेलले ५९, केन विलियम्सनले ५४ र जेम्स निशामले अविजित ३३ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पाकिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर ३४५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले १०३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ८०, साउद शकीलले ७५ रन बनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *