काठमाडौँ । भारतीय महिला क्रिकेट टिमले एशियन गेम्स अन्तर्गत स्वर्ण पदक जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजति गर्दै स्वर्ण पदक जितेको हो ।
भारतले दिएको ११७ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै ९७ रन मात्र बनाए पछि भारत १९ रनले विजयी भएको थियो ।
यसअघि पहिला ब्याटिंग गर्दै भारतीय महिला टिमले २० ओभरमा ७ विकेट गुमाउदै ११६ रन बनाएको थियो ।
हारसँगै श्रीलंकाले रजत पदक जितेको छ ।




