काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पहिलो खेलमा इन्टर मिलान हारबाट बचेको छ ।
समुह डी को गएराती सम्पन्न पहिलो खेलमा इन्टर मिलानले रियल सोसियडाडसँग १-१ को बराबरी खेलेको छ ।
इन्टर मिलानलाई खेलको ८७औँ मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै हारबाट बचाएका थिए । यसअघि खेलको चौथो मिनेटमा नै रियल सोसियडाडका लागि ब्राइस मेन्डेजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
यो बराबरीपछि समुह डी मा इन्टर मिलान र रियल सोसियडाडले एक एक अंक बाँडेका छन् ।
यसै समुहमा रहेको आरबी लेइपजिंगले बेनिफिकालाई २-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।




