खेलकुद

बायर्नले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा बायर्न म्युनिखले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

समुह ए अन्तर्गतको खेलमा बायर्नले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गर्दै यस सिजनमा विजयी शुरुवात गरेको हो ।

बायर्नको जितमा लिरोय साने, सेर्गे ग्नाबेरी, ह्यारी केन र माथिस टेलले एक एक गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि क्यासेमिरोले २ गोल तथा रासमस होजलण्डले एक गोल गरेका थिए । युनाइटेडका लागि खेलको ८८औ र ९५औ मिनेटमा क्यासेमिरोले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि पर्याप्त भएन ।

यो जितपछि बायर्न म्युनिखले समुह ए मा महात्वपूर्ण ३ अंक हासिल गरेको छ ।

त्यस्तै यसै समुहमा रहेका कोपनहेगन र गालाटासारेबीचको खेल भने २-२ गोलको बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *