राजनीति

संविधान पूर्णरुपमा कार्यान्वयन गराउन नेम्वाङको अभाव खड्किने छ : सांसद पौडेल

काठमाडौं।नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अभाव शान्ति प्रकृया टुङ्ग्याउने र संविधान पूर्ण रुपमा कार्यान्वयन गराउने सन्दर्भमा खड्किने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले शान्ति प्रकृयाको विषय अझै नटुङ्गिएको र संविधान पनि पूर्ण रुपमा कार्यान्वयन भइनसकेको अवस्थामा नेम्वाङको भूमिका खड्किने बताएका हुन् ।

उनले भने, ‘शान्ति प्रकृयाको विषय अझै टुङ्गिएको छैन् । संविधान पनि पूर्ण रुपमा कार्यान्वयन भइसकेको अवस्था छैन । त्यसैले यो शान्ति प्रकृया टुङ्ग्याउने र संविधान पनि पूर्ण रुपमा कार्यान्वयन गराउने सन्दर्भमा सुवास नेम्वाङको विशेष भूमिका हुन सक्थ्यो ।’

नेम्वाङ नेपालको राजनीतिमा आगो बाल्ने होइन आगो निभाउने नेता भएको भन्दै पौडेलले भने, ‘नेपालको राजनीतिमा आगो बाल्ने होइन आगो निभाउने र सबैलाई मिलाएर अगाडि बढ्ने र लोकतान्त्रिक मूल्य र मान्यताप्रति सँधै निष्ठापूर्वक चट्टानी अडान राख्ने एउटा नेताको अवसान भएको छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *