देश

संघीय निजामती विधेयक संसदमा पठाउने तयारी

काठमाडौं।सरकारले संघीय निजामती सेवा विधेयकलाई बिहीबार संघीय संसदमा पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्दै संघीय संसदमा पठाउने निर्णय गर्नेछ ।

मन्त्रिपरिषद्ले संघीय संसदमा पठाएसँगै सो विधेयक प्रतिनिधि सभामा टेबुल भएर पेस हुनेछ ।

संसदमा आवश्यक छलफलपछि सो विधेयकले कानुनी मान्यता पाउने छ । यसअघि पनि संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भइसकेको भए पनि पछि फिर्ता गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *