काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सोमबार सांसद खतिवडाले राजनीतिज्ञहरू निर्वाचित भइसकेपछि कोही आगो ओकल्छु, सिंहदरबार ध्वस्त पार्छु भन्ने गरेको बताए । यस्तै उनले कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम प्रवृत्ति बढेको भन्दै जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका हुन् ।
खतिवडाले भने, ‘हामी राजनीतिज्ञहरू निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पनि बोल्न गइरहेका हुन्छौ । कोही आगै ओकल्छु सिंहदरवार ध्वस्त पार्छु भन्छौ, कोही जातीय राज्य चाहियो भन्छौ, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम गर्छौ । निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गर्दछु ।’




