देश

ढुसी लागेको कोक भेटेपछि महानगरले गर्यो डेढलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले जरिवाना गरेको हो ।

महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको भेटिएको बताएका छन् ।

उनले यस लापरबाहीले गर्दा कोक अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको जानकरी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *