समाचार

वाग्नर प्रमुख प्रिगोजिनको मृत्युको खबरबारे बोले अमेरिकी राष्ट्रपति जो बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युको खबरमा आश्चर्य व्यक्त गरेनन् ।

उनले यो खबरले उनलाई आश्चर्यमा नपारेको बताएका छन् । राष्ट्रपतिलाई यसका लागि रुसका राष्ट्रपति पुटिन जिम्मेवार छन् भनेर सोधियो ।

यसमा उनले रुसमा हुने धेरै थोरै कुराहरूमा मात्रै पुटिनको हात नहुने बताएका छन् ।

रुसी निजी सेना प्रमुख येभगेनी प्रिगोजिनको निजी विमान रुसको टभर सहरमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा सवार सबै दस जना मारिएका छन् ।

विमान यात्रुको सूचीमा प्रिगोगिनको नाम पनि परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *