संसद

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं।संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

बुधबारको बैठकमा विश्वविद्यालय विधेयक २०८०, संसदीय समितिमा हेरफेर, संसदमा अनुपस्थित सांसदहरूको सूची पेस गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *