संसद

जनताको बहुदलीय जनवादले संसद अवरोध गर्नु भन्छ ? : वामदेव गौतम

काठमाडौं।राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बिना कारण संसद अवरुद्ध गर्न नहुने बताएका छन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमले एमालेप्रति लक्षित गर्दै जनताको संसद अवरुद्ध गर्न नपाइने बताएका हुन् ।

संसद सञ्चालन भइरहँदा बीचमा उठेर कसैले बोल्न नपाइने बताउँदै उनले साना कुरामा संसद अवरुद्ध गर्ने कस्तो संस्कार हो ? भन्दै प्रश्न गरे ।

‘संविधान निमार्ण गर्ने थलो यस्तै हुन्छ ? नियम चाहिँदैन, नीति चाहिँदैन, कसैलाई मन लाग्यो संसद अवरोध गर्ने, जस्तोसुकै बोेलेको छ,’ उनले भने, ‘जनताको बहुदलीय जनवाद (जबज)लाई आफ्नो मार्ग दर्शन र सिद्धान्त मानेर आउनेहरू नै आज संसद अवरोध गरिरहेका छन् ।’

नेता गौतमले एमालेको मूल सिद्धान्त भएको जनताको बहुदलीय जनवादले संसद अवरोध गर्न नभन्ने दाबी गरे । उनले भने, ‘के जनताको बहुदलीय जनवादले संसद अवरोध गर्नु पर्छ भन्छ ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *