देश

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

अध्यक्ष तिमिल्सिनाले सोमबार दिउँसो १ बजेर १ मिनेटमा अध्यक्षको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् । सो बैठकमा संसदको गतिरोध अन्त्यको विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसाे १ः०१ बजे बस्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *