संसद

संसदमा एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरिरहेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै नाराबाजी गरिरहेको हो ।

सभामुख देवराज घिमिरेले बैठकलाई नियमित कारबाहीमा जान सहयोग गर्न आग्रह गरिरहेका छन् । तर, एमाले सांसदहरु उठेर नाराबाजी गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *