काठमाडौं ।प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध जनाएको छ। एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन्। बैठक सुरू हुनेवित्तिकै सभामुख देवराज घिमिरेले सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिएका थिए।
उनी बोलिरहँदा एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका छन्।
एमालेका सांसदहरू उठेर विरोधमा उत्रिएपछि सत्तापक्षका सांसदहरु पनि आफूले बोल्न पाउनुपर्ने र बैठकका कामकारबाही अघि बढाउन माग गर्दै अवरोध गरेका छन्।
संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।




