समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको संसद् सचिवालय जनाएको छ ।

मंगलबार सय किलो सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिएका थिए ।

तर गृहमन्त्रीको जवाफमा एमालेले चित्त बुझाएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । सो समिति नबनेसम्म संसद् चल्न नदिने एमालेले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *