संसद

टमाटर फाल्ने गैर किसान हुन् : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले कालिमाटीमा टमाटर फाल्ने गैर किसान रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री भुसालले सडकमा टमाटर फालिएको विषयमा छानविन गर्ने पनि बताए ।

‘कालिमाटीमा रहेको तरकारी बजार सञ्चालन, व्यवस्थापन गर्ने समिति छ त्यो समितिको बैठक राखेर म आफै उपस्थित भएर मैले वहाँहरुलाई तीनवटा मूल्य निर्धारण गर्नुहोस् भनेर निर्देशन गरेको थिए’, उनले भने, ‘तीनवटा मूल्य भनेको एउटा व्यापारीले किसानसँग खरिद गर्ने मूल्य । दोस्रो व्यापारीले थोक वित्रिगर्दा लिने मूल्य अथवा थोक वित्रि मूल्य र तेस्रो खुद्रावित्रि मूल्य । त्यसो भनेर निर्देशन गरेको भोलिपल्ट कालिमाटीमा टमाटर फालिएको छ । त्यो टमाटर कुनै किसानले फ्याकेका होइन । त्यसमा म छानविन गर्ने छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *