खेलकुद

जिम्बाबेविरुद्ध नेपालको राम्रो प्रदर्शन, पावर प्लेमा ४५ रन

काठमाडौं । नेपालले जिम्बावेविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरिरहेको छ । ११ ओभरको खेल सकिँदा नेपालले ४९ रन बनाएको छ ।

नेपालका ओपनर ब्याटसमेन कुशल भुर्तेल र आशिफ शेख मैदानमै छन् । भुर्तेलले ३३ र शेखले १३ रन बनाएका छन् । सुरुमै क्याचआउट हुनबाट जोगिएका कुशलले धैर्यतापूर्वक खेलेर नेपालको रन स्कोर बढाइरहेका छन् । जिम्बाबेका फास्ट बलरसामु उनीहरूले राम्रो खेलेका छन् ।

नेपालले टस हारेर पहिला ब्याटिङ गरेको हो । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले ब्याटिङलाई ध्यानमा राख्दै जिम्बावेविरुद्ध प्लेइङ ११ मैदान उतारेको छ । नेपाली टिममा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।

समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *