काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ ।
शनिबार दशरथ रंगशालामा आर्मीले चर्च ब्वाइजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४४औं मिनेटमा आर्मीका जिलेस्पी जंग कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितसँगै आर्मीले चर्च ब्वाइजलाई शिर्ष स्थानमा उक्लिनबाट रोकेको छ । आर्मी जारी लिगको पाँचौ स्थानमा उक्लिएको छ । आर्मीको १७ खेलमा २४ अंक भएको छ । त्यसैगरी चर्च ब्वाइजको १७ खेलमा ३० अंकसहित दोस्रो स्थानमा रहेको छ ।




