काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साबिक विजेता मछिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।
शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा मछिन्द्रले थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा खेलको नवौं मिनेटमा युटा सुजुकीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि मछिन्द्रको १७ खेलमा २७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।
त्यसैगरी थ्री स्टार क्लबको भने १७ खेलमा २५ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।




