खेलकुद

मछिन्द्रले संकटालाई हरायो

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटालाई पराजित गरेको छ ।

विहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले संकटाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रको जितमा देवेन्द्र तामाङ, आफिज ओलावाले र विमल घर्ति मगरले एक एक गोल गरेका थिए । त्यस्तै संकटाका लागि जुनियर एनकेनगुएले एक गोल फर्काएका थिए ।

जारी लिगमा मछिन्द्रको यो पाँचौं जित हो । यो जितसँगै मछिन्द्रको १४ खेलमा २१ अंक बटुलेको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

त्यस्तै संकटाको भने यस सिजनमा यो छैटौं हार हो । यो खेलपछि संकटाले १४ खेलमा १६ अंक जोडेर लिगमा ११औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *