काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओसासुनामाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको ८५औं मिनेटमा जोर्डी अल्बाले गरेको गोल नै खेलको निर्णयाक गोल बनेको थियो ।
यस खेलमा खेलको २६औं मिनेटमा जोर्ज हेरान्डो ओरोजले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोनाको ३३ खेलमा ८२ अंक भए छ र लिग जित्ने तर्फ उन्मुख भएको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३३ खेलमा ६८ अंक रहेको छ ।
अब लिगका पाँच खेल बाँकि रहेको अवस्थामा बार्सिलोना रियल म्याड्रिडभन्दा १४ अंकको स्पष्ट अग्रतामा रहेको छ ।
त्यसैगरी ओसासुनाको ३३ खेलमा ४४ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।




