काठमाडौं । एसीसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि भएको कुवत र ओमनबीचको खेल रद्द भएको छ ।
योेसँगै ओमान आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।
वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि (एकदिवसीय अन्तराष्ट्रिय)ओडिआई वरियतारहेको कारण ओमान इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।
कुवेतले १ सय ३१ रनको सामान्य विजयी लक्ष्य दिएको थियो । ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।
त्यसपछि लगातार वर्षापछि पुन खेल हुन सकेको थिएन । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३० रन मात्र बनायो ।
कुवेतका लागि ओपनर आदनान इद्रिसले ४८ बलमा ३४ रन बनाउँदा सईद मुनिबले १० बलमा २८ रन बनाए ।
यासिन पटेलले १७ रन बनाए । राजिब सान्दारुवान र कप्तान मोहम्मद अस्लामले समान १२÷१२ रन बनाए ।
ओमानका लागि जय ओडिडराले ५ दशमलब ३ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिए ।
बिलाल खानले २ तथा आयान खान, िजशान मक्शुद र जतिन्दर सिंहले समान १÷१ विकेट लिए ।
इमर्जिङ कपमा प्रिमियर कपका शीर्ष तीन टोलीले स्थान बनाउनेमा फाइनलमा स्थान बनाएका नेपाल र युएई छनोट भइसकेका छन् ।




