खेलकुद

ओमान र कुवेतबीचको खेल बर्षाले रोकियो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी ओमान र कुवेतबीचको खेल बर्षाले प्रभावित भएको छ ।

कुवेतले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले ३१.३ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।

यस खेलको विजेता इमर्जिंग टिम्स एशिया कपका लागि छनौट हुने छ । यसअघि फाइनलमा पुगेका नेपाल र युएई इमर्जिंग टिम्स एशिया कपका लागि छनौट भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *