खेलकुद

कुवेतविरुद्ध रोहित र कुशलको अर्धशतक

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको खेलमा कप्तान रोहित पौडेल र अर्का ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । रोहितले ५६ बलमा र कुशलले ४२ बलमा अर्धशतक हानेका हुन् । तर कुशल ५७ रनमा आउट भए ।

एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुन सुरु भएको छ । पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२÷४२ ओभरको खेल खेल्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *