काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा बर्षाले रोकिएको खेल शुरु भएको छ । बर्षाले खेल प्रभावित भएपछि यो खेल ४२-४२ ओभरको हुने भएको छ ।
यस खेलमा लगातार तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले पारी सम्हालेका छन् ।
चौथो विकेटका लागि दुवैले अर्धशतकीय साझेदारी गरेका छन् । अहिले कप्तान पौडेल ३० रन बनाएर खेलिरहेका छन् भने कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन् ।
यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको नेपालले त्यसपछि ३ रन बनाउदा तीन विकेट गुमाएको थियो ।
नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन् भने भीम सार्की १ रन बनाएर आउट भएका छन् । त्यस्तै आसिफ सेख ३१ रन बनाएर आउट भएका छन् ।
बर्षाले खेल रोकिनु अघि नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ ।




