खेलकुद

पञ्जाबलाई हराउदै दोस्रो स्थानमा उक्लियो लखनउ

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाब किंग्सलाई ५६ रनको अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले दिएको २५८ रनको लक्ष्य पछाएको पञ्जाब्ले १९.५ ओभरमा अलआउट हुदै २०१ रन बनाएपछि खेल ५६ रनले हारेको हो ।

पञ्जाबका लागि अथर्व टयडले सर्बाधिक ६६ रन बनाए भने सिकन्दर राजाले ३६ रन बनाए । त्यस्तै जितेश शर्माले २४, लियाम लिभिंग स्टोनले २३, साम करणले २१ रन बनाएका थिए ।

त्यस्तै लखनउका बलर यश ठाकुरले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३, रवि विश्नोईले २ र मार्कस स्टोइनिसले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २५७ रन बनाएको थियो ।

लखनउले बनाएको यो रन आइपिएल इतिहासमा कुनै पनि टिमले बनाएको दोस्रो धेरै रन हो । यसअघि २०१३ को आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरले पुने वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

लखनउका लागि यस खेलमा मार्कस स्टोइनिसले सर्बाधिक ७२ रन बनाए भने कील मेयर्सले ५४, निकोलस पुरनले ४५, आयुष बदानीले ४३ रन बनाएका थिए ।

त्यस्तै पन्जाबका बलर कागीसो रबाडाले २ विकेट लिए भने अर्शदीप सिंह, साम कुरान र लियाम लिभिङस्टोनले एक एक विकेट लिए ।

यो जितपछि जारी आइपिएलमा लखनउले ८ खेलमा ५ जित हासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जाबको भने ८ खेलमा ४ जितसहित ८ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *