खेलकुद

आर्सनलमाथि म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले दुई गोल गरेका थिए भने जोन स्टोन्स र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।

त्यसति आर्सनलका लागि रोब होल्डिंगले एक गोल फर्काएका थिए ।

म्यानचेस्टर सिटीको यो जितपछि अब प्रिमियर लिगको उपाधि दौड रोचक बनेको छ ।

यद्यपी लिगको शिर्ष स्थानमा भने आर्सनल नै छ । आर्सनलको ३३ खेलमा ७५ अंक रहेको छ भने दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *