खेलकुद

मलेसियामाथि ओमानको ८ विकेटको जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको २२८ रनको लक्ष्य पछाएको ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

ओमानको जितमा ब्याट्सम्यान जतिन्दर सिंहले शतकीय पारी खेलेका थिए । उनले अविजित १०१ रन बनाएका थिए । त्यस्तै जीशान मकसूदले अविजित ५२ रन बनाएका थिए । त्यस्तै कश्यप प्रजापतिले ६६ रन बनाएका थिए ।

त्यस्तै मलेसियाका बलर मुहमद अमिरले २ विकेट लिएका थिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

मलेसियाका लागि विरनदीप सिंहले सर्बाधिक ९४ रन बनाएका थिए । त्यस्तै मुहमद सिहादतले ५५, मुहमद अमिरले २०, मुहमद वाफिकले १९, सिएद अजिजले १८ रनको योगदान गरेका थिए ।

त्यस्तै ओमानका बलर जीशाम मक्सुदले सर्बाधिक ४ विकेट लिए भने बिलाल खान र आयान खानले २-२ विकेट र कलीमुल्लाहले एक विकेट लिएका थिए ।

समुह ए मा रहेको ओमानले यो जितसँगै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । ओमानको ३ खेलमा ४ अंक भएको छ । त्यस्तै मलेसियाले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *