खेलकुद

मलेसियाले ओमानलाई दियो २२८ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले ओमानलाई २२८ रनको लक्ष्य दिएको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउदै २२७ रन बनाएको हो ।

मलेसियाका लागि विरनदीप सिंहले सर्बाधिक ९४ रन बनाएका थिए । त्यस्तै मुहमद सिहादतले ५५, मुहमद अमिरले २०, मुहमद वाफिकले १९, सिएद अजिजले १८ रनको योगदान गरेका थिए ।

त्यस्तै ओमानका बलर जीशाम मक्सुदले सर्बाधिक ४ विकेट लिए भने बिलाल खान र आयान खानले २-२ विकेट र कलीमुल्लाहले एक विकेट लिएका थिए ।

समुह ए मा रहेको मलेसिया र ओमानले अहिलेसम्म खेलेका २-२ खेलमा एक एक जित हासिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *