समाचार

राष्ट्रसंघमा काम गर्न अफगान महिलालाई प्रतिबन्ध

काठमाडौं । अफगानी महिलाहरूलाई संयुक्त राष्ट्रसंघमा काम गर्न तालिवानले प्रतिबन्ध लगाएको छ ।

तालिवानको यस्तो निर्णयपछि  महिलाहरुले राष्ट्रसंघका काम नगर्ने मौखिक  जवाफ दिएका छन्  भने यसबारे तालिवानले लिखित जानकारी नदिएको राष्ट्रसंघले जनाएको छ । 

राष्ट्रसंघको अनुसार पूर्वी नानगरहर प्रान्तमा स्थानीय तालिवान अधिकारीले अफगान महिलालाई राष्ट्रसंघको कार्यालय प्रवेशमा प्रतिबन्ध लगाएको राष्ट्रसंघले उल्लेख गरेको छ ।

तालिवानको निर्देशनपछि राष्ट्रसंघले अफगानिस्तानमा रहेका आफ्ना अफगानका महिला कर्मचारीहरुलाई २ दिनसम्म काममा उपस्थित नहुन आग्रह गरेको छ ।

सन् २०२१ मा शासनमा आएको तालिवानल लगत्तै महिलामाथि निक्कै कठोर बन्दै गएकाले राष्ट्रसंघले वार्ता गर्ने बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *