काठमाडौं । आगामी वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट नै हुने भएको छ । श्रम स्वीकृति आवेदनमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने उल्लेख गरेको हो ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेको निर्णय अनुरुप सो कार्य लागु हुने भएको छ ।




